बुटवल नारायणघाट सडक ४ दिन बन्द गरिदै
नारायणघाट–बुटवल सडक अन्तर्गत दाउन्ने खण्ड ४ दिन बन्द

२०८१ चैत २३ गते ११:२५

नारायणघाट–बुटवल सडक अन्तर्गत दाउन्ने खण्ड ४ दिन बन्द हुने । स्तरउन्नती भइरहेको यो सडक २०८१ चैत २७ देखी ३१ गतेसम्म बन्द हुने भएको छ । निर्माण कार्य सहज बनाउन दिउँसो ११ बजेदेखी ३ बजेसम्म सडक बन्द गरिने भएको छ । साथै २०८२ वैशाख १ गतेबाट राती ११ बजेदेखी बिहान ५ बजेसम्म सडक बन्द गरिने सडक विभाग अन्तर्गत एसियाली विकास बैंकको आयोजना निर्देशनालयले जानकारी दिएको छ ।

२०८१ चैत २३ गते ११:२५