२३ दिनदेखी नागढुंगा–सिस्नेखोला सुरुङमार्गको काम ठप्प

सरकारी निकाय मौन, दैनिक ५० लाख भन्दा बढी क्षतिपुर्ति दाबी गर्ने निर्माण कम्पनीको तयारी

Nepal Nirman
२०८१ चैत २४ गते ८:५६

नागढुंगा सिस्नेखोला सुरुङमार्गको काम रोकिएको सोमवार २३ दिन पुगेको छ । चालु आर्थिक वर्ष भरीमा सञ्चालनमा ल्याउने तयारी गरिएको सुरुङमार्ग निर्माण ठप्प हुदाँ सरकारी निकाय बेखबर बनेका छन् । स्थानीयको अवरोधका कारण रोकिएको निर्माण कार्य सञ्चालन गर्न सरकार्री तवरबाट कुनै प्रयास भएको छैन । स्थानीयहरुले भने आफुहरुको माग पुरा नभएसम्म काम सञ्चालन हुन नदिने अडान राख्दै आएका छन् ।
नेपालको पहिलो सुरुङमार्ग नागढुंगा सिस्नेखोला सुरुङमार्ग निर्माणमा स्थानीयहरुले पटक पटक अवरोध गर्दै आइरहेका थिए । निर्माणको अन्तिम चरणमा रहेको सुरुङमार्गको काम अवरोध हुदाँ आयोजनाको लागत बढ्ने भएको छ । भने सञ्चालनको तयारी समेत प्रभावित हुने भएको छ ।

सुरुङमार्गको काम रोकिएको ३ हप्ता भन्दा बढी समय बित्दा समेत तालुकदार मन्त्रालय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कुनै कदम चालेको छैन । स्थानीयहरुलाई वार्तामा बोलाएर निर्माणमा सहजीकरण गर्नु पर्ने मन्त्रालयले उदासिनता देखाइरहेको छ । नागढुंगा सिस्नेखोला सुरुङमार्ग आयोजनाले स्थानीयहरुलाई वार्तामा आउन आग्रह गरे पनि सफल हुन सकिरहेको छैन । स्थानीयहरुले आयोजना सुरुहुदाँ उठाइएको मागहरु अहिलेसम्म पुरा नभएको भन्दै काममा अवरोघ गरेको बताउदै आएका छन् । सुरुङमार्गको काम प्रभावित हुदाँ निर्माण व्यवसायीले दैनिक ५० लाख भन्दा बढी क्षतिपुर्ति दाबी गर्ने सडक विभागका प्रवक्ता अर्जुनजंग अर्याल बताउँछन् ।

 

२०७६ कात्तिक देखी निर्माण थालिएकोे सुरुङमार्गको भौतिक प्रगति ८७ प्रतिशत पुगेको छ । भने २०८२ असोज भित्रमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।