विपद् पछिको पुननिर्माण पहिलो प्राथमिकतामा ः मन्त्री दाहाल
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालद्धारा वर्खायाममा राष्ट्रिय राजमार्गहरु नरोकिने गरी काम गर्न निर्देशन
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मन्त्रालयका विभागीय प्रमुख एवम् आयोजना प्रमुखहरुसँगको छलफलका क्रममा उनले बाढी पहिरोले क्षतिग्रस्त भएका राष्ट्रिय राजमार्गहरुमा आगामी वर्षायाममा समेत सवारी सञ्चालन हुने गरि काम थाल्न आग्रह गरेका थिए ।
निर्माणको मुख्य सिजनमा सडक एवम् पुल निर्माण गर्न आवश्यक ठेक्का लगाई सक्न सडक विभागलाई निर्देशन दिएका छन् । उनले रुग्ण आयोजनाहरुको व्यवस्थापन तर्फ लाग्न समेत आग्रह गरेका छन् । जनस्तरमा चर्को आलोचना भइरहेको सवार चालक अनुमती पत्रलाई समेत प्रभावकारी बनाउन यातायात व्यवस्था विभागलाई निर्देशन दिए ।
मन्त्री दाहालले पानी जहाज सञ्चालन गर्न सम्भावनायुक्त नदीहरुमा अध्ययन गर्न नेपाल पानी जहाज कार्यालयलाई निर्देशन दिएका छन् । समुद्रमा नेपाली पानी जहाज सञ्चालनको कानूनी व्यवस्था छिट्टै हुने दाबी गरे ।
उनले पूर्वपश्चिम रेलमार्ग निर्माणका क्रममा अधिग्रहण गर्नु पर्ने जग्गाको मुआव्जा वितरणमा मन्त्रालयले काम गरिरहेको बताए ।