यस्तो बेडरुम जसले बनाउन सक्छ तपाईंलाई निसन्तान
घर बनाउँदा पछिल्लो समय वास्तुविद्लाई देखाउने प्रचलन बढेको छ । यस्तोमा हामी घरको मुख कता फर्काउने ट्वाइलेट कता बनाउने पूजा कोठा घरको कुन कुनामा राख्ने कुरा वास्तुविद्लाई सोध्छौँ र सल्लाहअनुसार गर्छौं पनि । तर कतिपय कुरा सोध्ने दिमागमा आउँदैन । तर यही कुराले हामीलाई समस्यामा पार्छ ।
आजभोलि भनेको बेलामा बच्चा नहुने समस्या व्यापक छ । कतिपय अवस्थामा विज्ञानले पनि बच्चा नहुने समस्याको समाधान दिन सकेको छैन । यस्तोमा तपाईंलाई आफ्नै घरमा राखेका सामानमा वास्तुअनुसार फेरबदल गर्नुभयो भने, तपाईंका धेरै समस्या हल हुन सक्छन् ।
ईशान कोणमा बेडरुम
उत्तर र पूर्व जहाँ आएर मिल्छन् त्यसलाई ईशान कोण मानिन्छ । यही ईशान कोण पूजा स्थानका लागि उत्तम मानिन्छ । ईशान कोणमा ईश्वरको प्रतिमा वा वेदका पुस्तक राख्नु राम्रो मानिन्छ । यहाँ बसेर पूजा गर्नाले तपाईं हाम्रा मनोकामना पूरा हुने विश्वास छ ।
यदि तपाईंको बेडरुम ईशान कोणमा छ र समागमको समयमा उत्तर र पूर्वमा हुनुहुन्छ भने सन्तान सुखका लागि समस्या हुनसक्छ । ईशान कोणमा जातकको बेडरुम रहन्छ भने वंशवृद्धिमा बाधा वा सन्तान भइहाल्यो भने पनि मानसिक समस्यासहित जन्मन सक्छ । त्यसैले तपाईंको बेडरुम ईशान कोणमा छ भने, तुरुन्तै परिवर्तन गर्नु लाभदायक हुन्छ । यसैगरी हामीले पूजा गर्ने ठाउँमा पूर्वजको फोटो पनि राख्न हुँदैन । त्यसैगरी तपाईंको घरको उत्तर पूर्वको कुना काटिएको छ भने पनि यसले उन्नति प्रगति रोक्छ र सन्तान र धन प्रापि्तमा पनि बाधा हाल्छ ।
स्वास्थ्य र धनको कमी
ईशान कोणमा घरको सिँढी छ वा बनाउन लाग्नु भएको छ भने यसले तपाईंको स्वास्थ्यमा समस्या उत्पन्न गर्छ । साथसाथै धन पनि क्षय हुँदै जान्छ । तपाईं जति पैसा कमाउनु हुन्छ त्यति खर्च हुँदै जान्छ । यदि तपाईंले ईशान कोणमा सिढी बनाइ नै सक्नुभएको छ भने यहाँ घोडाको नाल राखिदिनुस्, समस्या कम हुन्छ ।
खुल्ला ईशान कोण
वास्तुका हिसाबले यदि तपाईं जीवनमा नाम र प्रसिद्धी कमाउन चाहानुहुन्छ भने ईशान कोण खुल्ला छाड्नुपर्छ । यो ठाउँ खुल्ला भयो भने हावा मज्जाले छिर्न सक्छ र यसले ईचि्छत नाम दिन्छ ।
ईशान कोणमा तुलसीको मठ
घरमा सुख शानि्त र समृदि्धका लागि ईशान कोणमा तुलसीको बिरुवा राख्नु उत्तम मानिन्छ । यसरी राखिएको तुलसीमा हरेक दिन पानी हाल्ने र बत्ती बाल्ने हो भने कहिलै पनि पैसाको कमी हुँदैन । तुलसीसँगै तपाईंले अरु पूmल पनि रोप्न सक्नुहुन्छ जसले तपाईंलाई सदा धनवान बनाउँछन् ।
ट्वाइलेट कहाँ बनाउने ?
यदि तपाईंको घरमा दीर्घ रोगी छन् भने विचार गर्नु तपाईंको ट्वाइलेट ठीक ठाउँमा छैन । यदि तपाईंको ट्वाइलेट यही ईशान कोणमा बनेको छ भने यही तपाईंको समस्याको मुख्य कारण हो । ईशान कोण माथि नै भनियो, देवी देवताको स्थान हो । भगवान राख्ने ठाउँमा तपाईंले मल मूत्र राख्नु भो त्यसले कदापि इचि्छत फल दिँदैन । तपाईंलाई दीर्घ रोगी बनाउँछ ।
ताजा अपडेट
-
दूधकोशी–चुहार–फलामढुङ्गा–घोडेटार सडक कालोपत्र
-
महानगरपालिकाका ३२ वटै वडामा मौलिकता झल्किने, परम्परागत नेपाली शैली र एकै स्वरुपका भवन
-
देशभर करिब १२ हजार घरपरिवारलाई लालपूर्जा वितरण
-
घर बनाउदा ध्यान दिनु पर्ने वास्तु सम्बन्धी १७ तथ्य
-
वडाध्यक्षले भत्काए गुणस्तरहीन निर्माण सामग्रीको प्रयोग गरी बनाइएको ड्रेन