स्वदेशी पौरख र पूँजीले सजिएको भरतपुर– गोन्द्राङ सडक

शहरी सौन्दर्यकरणको नौलो अभ्यास

Nepal Nirman
२०८२ वैशाख ७ गते ९:३८

विक्रम सम्बत २०१९ वैशाख १ गते पूर्व पश्चिम राजमार्गको निर्माण थालिएको थियो । भने वि.स २०२२ सालमा उद्घाटन गरिएको थियो । तर पूर्व पश्चिम राजमार्ग निर्माण भएको ४ दशक भन्दा बढी समयसम्म स्तरउन्नती हुन सकेको थिएन । यो राजमार्गलाई २०७५ मा एसियन राजमार्गको मापदण्ड गर्न निर्माण थालिएको थियो । जसको फलस्वरुप पूर्वपश्चिम राजमार्ग अन्र्तगत भरतपुर गोन्द्राङ सडक निर्माण सम्पन्न भएको छ । दातृ निकायको सहयोग भन्दा पनि स्वदेशी पूँजीमा निर्माण गरिएको यो सडक फलदायी भएको संघीय सडक सुपरीवेक्षण कार्यालय काठमाण्डौका सुई शुभराज न्यौपाने बताउँछन् ।

आयोजनाको नाम  पूर्व पश्चिम राजमार्ग अन्र्तगत भरतपुर चितवनको गोन्द्राङ पुलचोक खण्डको स्तरोन्नति र सुधार
लागत  १ अर्ब १३ करोड
निर्माण कम्पनी इण्डो सगुन जे.भी
निर्माण सुरु  २०७७ माघ १७
निर्माण सम्पन्न  २०८१ पुस २६

चितवनमा बढ्दो शहरीकरणलाई व्यवस्थित बनाउन २०७५ मा यो सडक निर्माणको परिकल्पना गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्मा बताउँछन् । स्तरउन्नतीको शिलान्यस २०७७ माघ १७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । भने उनै प्रधानमन्त्री ओलीले २०८२ वैशाख ५ गते उद्घाटन गरेका हुन् । ओलीले समयमै गुणस्तरीय सडक निर्माण गरेको भन्दै निर्माण कम्पनी इण्डो सगुन जेभीलाई धन्यवाद दिएका थिए । सडक उद्घाटन कार्यक्रममा इण्डो सगुन जेभीलाई सम्मान समेत गरिएको थियो । २०७५ मातत्कालिन सरकारको परिकल्पना अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहातका निकायले छोटो समयमा नै सडक निर्माणको तयारी पुरा गरेको सडक विभागका महानिर्देशक रामहरी पोखरेल बताँछन् । संघ प्रदेश र स्थानीय तहको समन्वय प्रभावकारी भए समयमै गुणस्तरीय काम गर्न सकिने पोखरेलको तर्क छ । यता निर्माण जिम्मा पाएको इण्डो सगुन जेभीले यो सडक निर्माणमा अनेकौ अप्ठ्यारा पार गरेको बताएको छ । सगुन कन्ट्रक्सनका सञ्चालन सहदेव खड्काले समयमै सडक निर्माण गर्न पाउदाँ हर्षित भएको बताए । तोकिएको समयमा गुणस्तरीय काम गर्न पाँउदा नेपाली निर्माण क्षेत्रमा यो परियोजना नमुना भएको खड्काको तर्क छ । २ वर्ष ४ महिनामा निर्माण सक्नेगरी काम थालिएको भएपनि कोरोना महामारीले काम प्रभावित हुन पुगेको थियो । सडक डिभिजन भरतपुरको सुपरीवेक्षणमा निर्माण भएको यो सडकमा शहरी सौन्दर्यकरणलाई समेत विशेष ध्यानमा राखिएको छ । कुल लागत १ अर्ब १३ करोड रहेको थियो ।
पूर्वपश्चिम राजमार्ग एसियाली विकास बैंक लगायत दातृ निकायको सहयोगमा निर्माण भएपनि भरतपुरको पुल्चोकदेखी गोन्द्राङ सडकखण्ड भने नेपाल सरकार आफैले नमुनाको रुपमा निर्माण गरेको हो ।