पत्याउनुहुन्छ, कोठाभाडा भन्दा पनि सस्तो सटर भाडा
तपाईं भाडामा बसिरहेको कोठाको मासिक भाडा कति तिर्नुहुन्छ ? ४ हजार ? ५ हजार ? वा ६÷७ हजार ?
नेसनल बिजनेश ट्रेड सेन्टर (एनबीटीसी) ले कलंकीमा सञ्चालनमा ल्याएकोे सपिङ कम्पलेक्समा भने मासिक तीन हजार रुपैयाँ देखिनै सटर भाडामा लिन पाइन्छ । त्यो पनि एक÷दुई महिनाको लागि होइन, पूरा दुई वर्ष सम्मको लागि ।
यो कम्प्लेक्स रहेको ठाउँ वरपर सामान्य कोठाको भाडा नै पाँच हजार रुपैयाँ भन्दा बढी लिने गरेको पाइन्छ ।
तर कोभिड महामारीका कारण व्यवसायमा असर परे पनि व्यापारीलाई अफ्ठेरो नपरोस भनेर दुई वर्षसम्म ७० प्रतिशत भाडा छुट दिएका कारण एनबीटीसीको सटर भाडा भने वरपर पाइने कोठाको भाडा भन्दा पनि सस्तो भएको हो ।
दुई वर्षपछि पनि सटरको भाडा धेरै महँगो पर्ने देखिन्न । प्रतिवर्ग फिटर १ सय २० रुपैयाँ देखि २ सय रुपैयाँसम्म मात्रै भाडा रहेकोले १ सय वर्गफिटको सटरको भाडा १२ देखि २० हजार रुपैयाँ सम्म मात्रै पर्छ ।
सञ्चालनमा रहेका मध्य नेपालकै सबैभन्दा ठूलो होलसेल कम्पलेक्समा एक हजार सटर छन् । त्यो मध्ये कम्पलेक्समा करीब तीन सय सटर खाली रहेको बताइएको छ ।
उक्त कम्पलेक्स न्युरोडका होलसेल व्यवसायीहरु मिलेर बनाएका हुन् र यो सञ्चालनमा पनि आइसकेको छ । सिनेमा हलसहितको कम्पलेक्समा खुद्रा व्यवसाय भने गर्न पाइदैन ।
कोभिडका विभिन्न भेरियन्टका कारण व्यवसाय विस्तारमा समस्या रहेको र तत्काल व्यवसाय नभएपनि व्यापारीलाई आर्थिक भार नपरोस भनेर २ वर्षसम्म कूल भाडाको ७० प्रतिशत छुट दिने निर्णय भएको एनबीटीसीका सञ्चालक चिरञ्जीवी पौडेलले बताएका छन् ।
यो बीचमा सबैकुरा ठिकठाक भएर राम्रै व्यापार भयो भने पनि कम्पनीले २ वर्षसम्म थप भाडा माग्दैन । पौडेलले भने, २ वर्षपछि भने सम्झौता गरिएको भाडामा ५ देखि १० प्रतिशतका दरले बढ्दै जान्छ ।
अहिले कम्पलेक्समा प्रतिवर्गफिट २०० रुपैयाँ पर्ने सटरको भाडा पनि जम्मा ६ हजार रुपैयाँ मात्रै पर्छ । २ वर्षसम्म मासिक ६ हजार रुपैयाँमा काठमाडौंका कुनैपनि ठाउँमा सटर नपाउने एनबीटीसीका व्यवस्थापक शैलेश चित्रकारले दावी गरेका छन् ।
नयाँ व्यवसाय गर्ने साथीहरुलाई पनि व्यवसाय गर्ने हिम्मत आओस भनेर २ वर्षसम्म ७० प्रतिशत छुट दिएको चित्रकारको भनाई रहेकोछ ।
‘कोभिडको बेलामा धेरै ठाउँमा घरबेटीले कोठाबाट निकालेको, सटर खाली गराएको समाचार सुनेका थियौं ।’ चित्रकारले भने, ‘महामारी कहिले सकिन्छ भनेर एकिन नभएको बेलामा नयाँ व्यवसाय शुरु गर्ने साथीहरु डराएका पनि हुन सक्छन् । त्यसकारण २ वर्षसम्म कोठाभाडा भन्दा सस्तो दरमा सपिङ कम्पलेक्सका सटर भाडामा दिएका छौ ।’
ताजा अपडेट
-
दूधकोशी–चुहार–फलामढुङ्गा–घोडेटार सडक कालोपत्र
-
महानगरपालिकाका ३२ वटै वडामा मौलिकता झल्किने, परम्परागत नेपाली शैली र एकै स्वरुपका भवन
-
देशभर करिब १२ हजार घरपरिवारलाई लालपूर्जा वितरण
-
घर बनाउदा ध्यान दिनु पर्ने वास्तु सम्बन्धी १७ तथ्य
-
वडाध्यक्षले भत्काए गुणस्तरहीन निर्माण सामग्रीको प्रयोग गरी बनाइएको ड्रेन