राष्ट्रिय पुस्तकालय भवन बनाउन खुल्यो टेन्डर
२०७८ फागुन २ गते ५:३६
![राष्ट्रिय पुस्तकालय भवन बनाउन खुल्यो टेन्डर](https://www.nepalnirman.com/wp-content/uploads/2022/02/News-3-national-books.jpg)
काठमाडौँको जमलमा नेपाल राष्ट्रिय पुस्तकालयको भवन बनाउन टेन्डर आह्वान गरिएको छ ।
राष्ट्रिय पुस्तकालयले सूचना निकालेर भवन निर्माणका लागि टेन्डर आव्हान गरेको हो । ३० दिनसम्म निर्माण कम्पनीले टेन्डरको निवेदन दिन सक्ने पुस्तकालयका प्रमुख दशरथ मिश्रले बताएका छन् ।
सूचनामा भनिएको छ, निर्माण कम्पनीले टेन्डरको निवेदन दिने टर्नओभर ५४ करोड १४ लाख ५ हजार हुनुपर्ने छ । सेक्युरिटी भने २ करोड ९ लाख ३४ हजार ५ सय राख्नुपर्नेछ । टेन्डर परिसकेपछि २ वर्ष भित्र बनाइसक्नुपर्नेछ ।
मिश्रका अनुसार ७४ करोडको हाराहारीमा भवन बन्ने छ । २०७२ को भूकम्प पछि पुस्तकालय रहेको साबिकको हरिहर भवन ध्वस्त भएको थियो । अहिले नेपाल राष्ट्रिय पुस्तकालय अस्थायी रूपमा मानव स्रोत तथा विकास केन्द्र सानोठिमी भक्तपुरमा रहदै आएको छ ।
२०७८ फागुन २ गते ५:३६
ताजा अपडेट
-
दूधकोशी–चुहार–फलामढुङ्गा–घोडेटार सडक कालोपत्र
-
महानगरपालिकाका ३२ वटै वडामा मौलिकता झल्किने, परम्परागत नेपाली शैली र एकै स्वरुपका भवन
-
देशभर करिब १२ हजार घरपरिवारलाई लालपूर्जा वितरण
-
घर बनाउदा ध्यान दिनु पर्ने वास्तु सम्बन्धी १७ तथ्य
-
वडाध्यक्षले भत्काए गुणस्तरहीन निर्माण सामग्रीको प्रयोग गरी बनाइएको ड्रेन