हामी चाहान्छौँ घर यस्तो होस् जहाँ कुनै कुराको कमी नहोस् । यसका लागि पूजापाठदेखि वास्तुविज्ञसम्मको परामर्श लिन्छौँ । घरका हरकोही सुखी सम्पन्न हुन्, घरमा सकारात्मक उर्जा प्रवाह भइरहोस् भनेर वास्तुको हिसाबले सबैकुरा निर्माण गरेका हुन्छौँ तर यति गर्दा गर्दै पनि घरमा रहेका केही कुरामा ध्यान दिन सक्दैनौँ जसले हाम्रो सोचेजस्तो उन्नति हुँदैन । सम्पन्न बन्नुको साटो तन्नम हुँदै जान्छौँ ।
परेवाको गुँड
पंक्षीहरुमा सबैभन्दा ज्ञानी मानिन्छ परेवा । यसको दुर्गुण भनेको बिष्ट्याउनु मात्र हो । त्योभन्दा पर यो भए नभएको केही अत्तोपत्तो हुन्न । तर मान्यता के छ भने यदि परेवा तपाईंको घरमा गुँड बनाएर बसेको छ भने गरिबीको साथ साथ दुःख कष्ट पनि लिएर लिएर आउँछ । घरमा परेवाले गुँड लगाएको छ भने यो हटाएको राम्रो ।
मौरीको घार
मौरीको घारमा पनि घरमा रहनु शुभ मानिन्न । पहिलो त कतिबेला मौरी रिसाएर चिल्दिन्छ यसको डर, भएन मौरी घरमा रहँदा गरिबीलाई निम्तो दिन्छ । त्यसैले घरमा मौरीको घर पनि नहुनु राम्रो मानिन्छ ।
माकुराको जालो
घरमा माकुराको जालो धेरै देखिनु पनि शुभ संकेत हैन । माकुराले जालो लगाएको घरमा पैसा धेरै टिक्दैन भन्ने मान्यता छ । माकुराको जालो भएको घरमा मान्छेले जति पैसा कमाउँछ त्योभन्दा बढी खर्च हुन्छ भन्ने मान्यता छ ।
फुटेको शिशा
कहिलेकाहिँ ऐना फुट्यो भने बूढापाकाले मिल्काइ हाल्न लाउँछन् । फुटेको ऐना हेर्यो भने भाग्य पनि फुट्छ भन्ने जनविश्वास छ । त् घरमा शिशाको ऐना मात्र होइन अरु कुरा पनि फुटेको छ भने राख्नु राम्रो होइन । यसले नेगेटिभ एनर्जी निम्त्याउने र निराश बनाउने हुन्छ ।
चमेरो
घरमा चमेरोको आगमन पनि राम्रो संकेत मानिन्न । घरमा बारम्बार चमेरो देखियो भने बुझ्नुपर्छ केही नराम्रो हुनेवाला छ । चमेरोको प्रवेश घरका सदस्यको मृत्युको पनि संकेत हो । चमेरो आउन थाल्यो चमेरो बस्न सक्ने सबै दुलो बन्द गर्नुपर्छ ।
भित्तामा चिरा
यदि तपाईंको घरको भित्तामा चिरा पर्न थालेका छन् भने तुरुन्तै टालिहाल्नु राम्रो । भित्ता चिरा पर्नु गरिबीको संकेत हो र यसले तपाईं हाम्रो जीवनमा थप गरिबी निम्त्याउँछ ।
फोहोर छत वा फलाम
घरको बाँकी तला झैँ छत पनि सफा राख्नु राम्रो । यसैगरी फलाम वा बिग्रेको केही इलेकि्ट्रक सामान राख्नु भएको छ भने पनि तुरुन्त हटाउनु पर्छ । नत्र भने यसरी फोहोर राख्दा घरमा कसैलाई शनि ग्रहले समातेको छ भने यस्ता सामानले झन् गाह्रो पार्छन् । राम्रो काम गरेको छ भने पनि फल पाइँदैन । त्यसैले छत पनि सफा राख्नुपर्छ ।
पूजाको फूल
पूजामा भगवानलाई एकचोटि अर्पण गरेको फूल साजी हैन बासी मानिन्छ । अझ दिन नै बितिसकेको छ भने त त्यो फूल नदीमा बिसर्जन गरिहाल्नु पर्छ । तर हामी मायामोहले यसो नगरी यस्तो फूल घरमै राखिरहन्छौँ । तर यसरी बासी फूल घरमा राखिरहनु राम्रो होइन । यसले गरिबी र दुःख निम्त्याउने सम्भावना रहन्छ ।